दुल्लु विद्रोहकी नायिका कृष्णा शाहको निधन

२०६१/६२ सालको जन–आन्दोलनमा उनकै नेतृत्वमा दुल्लुबाट माओवादी हिंसाविरुद्धको विद्रोह अभियान बाजागाजा बजाएर सुरु गरिएको थियो ।

फाल्गुन ५, २०८२

ज्योति कटुवाल

Krishna Shah, heroine of Dullu Rebellion, passes away

दैलेख — जनयुद्धका बेला दुल्लुमा माओवादीको हिंसाविरुद्ध प्रतिरोधमा उत्रिएकी नायिका कृष्णा शाहको निधन भएको छ ।

दुल्लु नगरपालिका वडा नम्बर ७ बस्दै आएकी शाहको ७६ वर्षको उमेरमा दुल्लुमै निधन भएको हो ।

२०६१/६२ सालको जन–आन्दोलनमा उनकै नेतृत्वमा दुल्लुबाट माओवादी हिंसाविरुद्धको विद्रोह अभियान बाजागाजा बजाएर सुरु गरिएको थियो । 

दुल्लु नगपालिकाका नगरप्रमुख भरत रिजालका अनुसार शाह लामो समययता दम रोगको बिरामी रहेकी थिइन् । शाहको निधनप्रति पालिकाबासी दु:खी भएको उनको भनाइ छ ।

‘शाह दुल्लु विद्रोहकी नायिका मात्रै ह‍ोइनन्,‘ उनले भने, ‘ दुल्लु नगरपालिकाको प्रमुख अभिभावकका रुपमा लिएका थियौं । उहाँले समाजमा गरेका धेरै कामहरु सम्झन लायकका छन् ।’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully