शिशुलाई सास फेर्न गाह्रो हुनुका साथै एनआईसीयूमा राख्नुपर्ने भएकाले सुर्खेत पठाइएको हो
डोल्पा — हिमाली जिल्ला डोल्पाबाट सुत्केरी आमा र नवजात शिशुको आकस्मिक उद्धार गरिएको छ । आज बिहान ठूलीभेरी नगरपालिका–८ निवासी १८ वर्षीया करुणा डाँगी र उनलले जन्माएको शिशुको आकस्मिक उद्धार गरिएको हो ।
जुफाल स्वास्थ्य चौकीमा जन्माएको डाँकाको शिशुले सास फेर्न नसकेर अवस्था नाजुक बनेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।
नवजात शिशुलाई सास फेर्न गाह्रो हुनुका साथै एनआईसीयूमा राख्नु पर्ने भएकाले सुर्खेत रिफर गरिएको बताइएको छ । डोल्पा जिल्ला अस्पतालमा एनआईसीयू सुविधा नहुँदा पटक-पटक यस्तो प्रकृतिका बिरामीको जिल्लाबाहिर रिफर गरिँदै आएको छ ।
