सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु , तीन घाइते 

अनियन्त्रित भएर दुर्घटनामा परेको जीप सडकदेखि ४ सय मिटर तल खसेको थियो ।

माघ २८, २०८२

विप्लव महर्जन

Driver dies, three injured in Bolero jeep accident in Salyan

सल्यान — सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । 

रुकुम पूर्वदेखि दाङको तुलसिपुर जाँदै गरेको ग १ ज ५६६१ नम्बरको जीप बुधबार बिहान राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना हुँदा सिस्ने गाउँपालिका ४ अमलाचौर रुकुमपूर्व बस्ने गाडी चालक बर्ष ३० का विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो। 

जीप दुर्घटनामा घाईते भएका रुकुम पूर्वको सिस्ने गाउँपालिका २ की बर्ष २२ सुस्मी रोका, उनकी छोरी बर्ष २ की सफलता केसी र सिस्ने गाउँपालिका ४ की बर्ष ३८ की ललिता केसीलाई कपुरकोटस्थित आधारभुत स्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल तुलसिपुर लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले बताए ।

उनका अनुसार अनियन्त्रित भएर दुर्घटनामा परेको जीप सडकदेखि ४ सय मिटर तल खसेको थियो । जीपमा चार जना सवार थिए।  

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully