बिहीबार देउलेस्थित घरबाट मान्म बजार गएका विष्णुको आइतबार दिउँसो देउले भीरमा शव भेटिएकाे आफन्त बेदप्रसाद पाण्डेले बताए ।
कालीकोट — घरबाट चार दिनअघि बजार गएका एक युवकको भीरमा शव फेला परेको छ । खाडाचक्र २ सायगडाका ४० वर्षीय विष्णु पाण्डेको आइतबार शव भेटिएको हो।
बिहीबार देउलेस्थित घरबाट मान्म बजार गएका विष्णुको आइतबार दिउँसो देउले भीरमा शव भेटिएकाे आफन्त बेदप्रसाद पाण्डेले बताए । 'बिहीबार बजार गएकाले घरमा पनि खोजी भएन,' उनले भने, 'दुई दिनसम्म घर नफर्किएपछि खोजी गर्दा आइतबार दिउँसो शव भेटियो ।'
उनकाे आइतबार बेलुकी जिल्ला अस्पताल मान्ममा पोस्टमार्टम गरेर सोमबार सेरीघाटस्थित तिलानदीमा दाहसंस्कार गरिएको छ ।
बिहीबार बेलुकीदेखि हराएका पाण्डेको शव देउले भीरयता बयालकाटियाकाे खाेचमा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
