लाइसेन्स विनै चलाएका १८ अटोरिक्सा नियन्त्रणमा

सुविधा उपलब्ध गराउने नाममा लाइसेन्स नभएका व्यक्तिले अटोरिक्सा चलाउँदा यात्रुलाई जोखिम हुने भएकाले कडाइ गरिएको हो।

माघ २५, २०८२

विप्लव महर्जन

18 autorickshaws driven without licenses seized

सल्यान — सल्यानमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नलिई चलाएका १८ वडा अटोरिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिकसहित चेकिङमा खटिएको प्रहरीले जिल्लाको खलंगा, लुहाम, कपुरकोट, थारमारे, सल्लीबजारबाट लाइसेन्स नभएकाले चलाएका अटोरिक्सा नियन्त्रणमा लिएको हो । 

सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले तीन जना मात्र  बोक्ने क्षमता भएको अटोरिक्साले क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढेकाले चेकिङ कडा बनाइएको बताए। 

सुविधा उपलब्ध गराउने नाममा लाइसेन्स विनै चलाएका अटोरिक्सा चलाउँदा यात्रुलाई जोखिम हुने भएकाले कडाइ गरिएको उनले बताए।  

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully