जिल्ला सदरमुकाम खलंगाको लुहापिङ, इप्रका थारमारे, इप्रका लुहाम, इप्रका रागेचौर र सशस्त्र प्रहरी बल लुहापिङमा तालिम दिन थालिएको हो ।
सल्यान — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सल्यानमा भर्ना गरिएका निर्वाचन प्रहरीलाई पाँच ठाउँमा तालिम दिन थालिएको छ ।
जिल्ला सदरमुकाम खलंगाको लुहापिङ, इप्रका थारमारे, इप्रका लुहाम, इप्रका रागेचौर र सशस्त्र प्रहरी बल लुहापिङमा तालिम दिन थालिएको हो ।
जिल्लाका १ सय १७ मतदान स्थल र २ सय ५ मतदान केन्द्रमा खटाउनका लागि १ हजार ४ सय ६ जना निर्वाचन प्रहरी माग भएकामा जिल्ला प्रहरी कार्यालय सल्यानमार्फत ८ सय ६०, इप्रका रागेचौरमा १ सय ५०, थारमारेमा १ सय ५०, लुहाममा १ सय ५० र सशस्त्र प्रहरी बल लुहापिङमा ९६ जनालाई तालिम दिन थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक हेमबहादुर केसीले बताए ।
निर्वाचन प्रहरीमा भर्ना गरिएका १ हजार ४ सय ६ जनामध्ये ४ सय ४७ महिला रहेको प्रनाउ केसीले बताए ।