कांग्रेसद्वारा संगठन विस्तार र जनसम्पर्कमा जोड

चुनावी रणनीति तयार गर्न बसेको कांग्रेस बैठकले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र जन सम्पर्कलाई जोड दिने निर्णय गरेको हो ।

माघ १८, २०८२

डीबी बुढा

Congress emphasizes organization expansion and public relations

जुम्ला — नेपाली कांग्रेस जिल्ला समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न संगठन सुदृढीकरण र जन सम्पर्कलाई जोड दिने निर्णय गरेको छ ।

चुनावी रणनीति तयार गर्न बसेको बैठकले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र जन सम्पर्कलाई जोड दिने निर्णय गरेको हो ।

कांग्रेस जुम्ला १ (१) क्षेत्रीय सचिव तीर्थराज न्यौपानेले मतदाताको माग सम्वोधन हुने विषय समेटेर रणनीति तयार गरिएको जनाए । ‘संगठन निर्माण र जन सम्पर्कलाई केन्द्रमा राखेर अभियानमा होमिएका छौं,’ उनले भने,‘कांग्रेस जिताउने संकल्प गरेका छौं ।’ 

जिल्ला सभापति कर्णबहादुर शाहीले पार्टीभित्रको आन्तरिक एकताले यसपटकको निर्वाचनमा पार्टीले जित हात पर्ने सम्भावना बलियो भएको बताए । पार्टीमा अहिले अभुतपूर्व एकता रहेको उनले दाबी गरे । केन्द्रीय सदस्य रामुदेवी खड्काले पार्टीको संगठनात्मक आधार बलियो भएकाले यसपटक आफ्ना उम्मेदवार विजयी हुने बताइन । 

पार्टीभित्रका सबै असमझदारी समाप्त भइसकेको कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले बताए । ‘अब कांग्रेस नयाँ शिराबाट अघि बढ्नुपर्ने देखिन्छ,’ उनले भने । मतदाताको घरदैलोमा जाने, आमसभादेखि मतदातासँग संवाद गर्ने प्रभावकारी नीति लिएको छ । विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा दिनुपर्ने कांग्रेसले जनाएको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully