भौगोलिक विकटता, सुरक्षा, सडक, सञ्चारको पहुँचलगायतलाई मध्यनजर गरेर मतदानस्थल वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले बताए।
सल्यान — सल्यानका १ सय १७ मतदानस्थल मध्ये ४३ वटा ‘अति संवदेनशील’ सूचीमा राखिएको छ। जिल्लाका ५७ मतदानस्थल संवेदनशील रहेका छन् ।
भौगोलिक विकटता, सुरक्षा, सडक, सञ्चारको पहुँचलगायतलाई मध्यनजर गरेर मतदानस्थल वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले बताए।
अति संवेदनशील र संवेदनशील मतदानस्थललाई त्यही अनुसार सुरक्षा व्यवस्था र आउजाउको समय पनि मिलाइएको उनले जानकारी दिए। उनका अनुसार सल्यानमा रहेका १ सय १७ मतदानस्थल मध्ये १७ मात्र सामान्य रहेका छन्।
निर्वाचनको लागि प्रहरी, सशस्त्र, सेना र निर्वाचन प्रहरी परिचालनको व्यवस्था गरिसकेको उनले बताए। जिल्लामा रहेका सुरक्षाकर्मी पर्याप्त नहुँदा अन्य जिल्लाबाट मगाउने तयारी भइरहेको उनले बताए।
जिल्ला प्रहरी सल्यानका डीएसपी हेमबहादुर केसीले सामान्यमा तीन, संवेदनशीलमा पाँच र अति संवेदनशील मतदानस्थलमा कम्तीमा सात जनासम्म् सुरक्षाकर्मीको व्यवस्था गरिने बताए।
सल्यानमा १ सय १७ मदतानस्थलमा २ सय ५ मतदान केन्द्र छन् । जिल्लामा १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन्।
