डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु ढकालको पहलमा राष्ट्रपति हवाई उद्धार कार्यक्रममार्फत डाँगीको उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
डोल्पा — हिमाली जिल्ला डोल्पाबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बच्चाको सालनाल अड्किएर जटिल अवस्थामा पुगेकी ठूलीभेरी नगरपालिका-९ की ३० वर्षीया विष्णुकुमारी डाँगीको नेपाली सेनाको हेलिकप्टरबाट बुधबार उद्वार गरिएको हो ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु ढकालको पहलमा राष्ट्रपति हवाई उद्धार कार्यक्रममार्फत डाँगीको उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।
सुत्केरी भएपश्चात् पनि लामो समय सालनाल नभएपछि रिफर गरिएको जिल्ला अस्पताल डोल्पाका चिकित्सक तुलसी शाहले बताइन् ।
