डोल्पामा २६ मतदान केन्द्र अति संवेदनशील

२३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा चुनौतीका हिसाबले र तीन वटा मतदान केन्द्र राजनीतिक हिसाबले अति संवेदनशीलको सूचीमा राखिएको हुनो ।

माघ १४, २०८२

रामचन्द्र न्यौपाने

26 polling stations in Dolpa are highly sensitive

डोल्पा — हिमाली जिल्ला डोल्पाका २६ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको हो ।

जिल्लाका २६ मतदान केन्द्र अति संवेदनशील, २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा चुनौतीका हिसाबले र तीन वटा मतदान केन्द्र राजनीतिक हिसाबले अति संवेदनशीलको सूचीमा राखिएको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १ सय ८७ र पुरुष मतदाता ११ हजार ९ सय २८ रहेका छन् ।

आठ वटा स्थानीय तह रहेको डोल्पामा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ ।

भौगोलिक हिसाबले अति संवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रहरू प्रायः उपल्लो डोल्पाका रहेका छन् ।

भौगोलिक हिसाबले नेपालकै ठूलो जिल्ला डोल्पामा मतदाता सङ्ख्या भने अत्यन्तै न्यून रहेको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully