त्रिपुरासुन्दरी वडा नं ७ मा रहेको उक्त विमानस्थल निर्माण गर्न २९ वर्ष लागेको थियो । राज्यको करिब २९ करोड लगानीमा निर्माण कार्य सम्पन्न भएको पाँच वर्ष बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।
डोल्पा — नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने नसके पदबाटै राजिनामा दिने घोषणा गरेका छन् ।
मंगलबार त्रिपुरासुन्दरी नगरपालिकामा निर्वाचन परिचालन कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् ।
वडा नं ७ मा रहेको उक्त विमानस्थल निर्माण गर्न २९ वर्ष लागेको थियो । राज्यको करिब २९ करोड लगानीमा निर्माण कार्य सम्पन्न भएको पाँच वर्ष बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।
प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा तोकिएको छ । उम्मेदवार बुढाले निर्वाचित नहुँदै विमानस्थल सञ्चालन गर्न नसके पदबाट राजिनामा दिने अभिव्यक्ति दिएका हुन् । यससँगै उनले आगामी निर्वाचनमा आफ्नो विजय सुनिश्चित भइसकेको र औपचारिक घोषणा मात्रै हुन बाँकी रहेको दाबी पनि गरे ।
राम्रो काम गरेकै कारण डोल्पाली जनताले आफूलाई तीनपटक चुनाव जिताएको स्मरण गर्दै सांसद तथा मन्त्री हुँदा भ्रष्टाचार गरेको प्रमाण कसैले प्रस्तुत गर्न सके जुनसुकै सजाय भोग्न तयार रहेको समेत उनले स्पष्ट पारे ।
भेरी करिडोरमा पर्ने ल्यासीक्याप–सिसौल सडकखण्ड निर्माणका लागि बजेट सुनिश्चित गरी अगाडि बढाउने प्रतिबद्धता उनले जनाए ।
