डोल्पामा उज्यालो नेपाल र मितेरी नेपाल पार्टीका उम्मेदवार कांग्रेस प्रवेश

गत शुक्रबार मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी जुनु भण्डारी पनि कांग्रेस प्रवेश गरेर बुढालाई नै सघाउने प्रतिबद्धता जनाएकी थिइन् ।

माघ १०, २०८२

रामचन्द्र न्यौपाने

Candidates from Ujjaya Nepal and Miteri Nepal Party enter Congress in Dolpa

डोल्पा — हिमाली जिल्ला डोल्पामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कांग्रेस प्रवेश गरेका छन् ।

सो पार्टीबाट उम्मेदवारी दर्ता गरेका दिलबहादुर विष्ट शनिबार कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेसका उम्मेदवार तथा सहमहामन्त्री कर्णबहादुर बुढाले विष्टकै घरमा पुगेर स्वागत गरेका छन् । विष्टको पुरानो घर कांग्रेस नै हो । 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट नदिएको भन्दै तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गरे पनि उनको उम्मेदवारी कायम हुने रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गत शुक्रबार मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी जुनु भण्डारी पनि कांग्रेस प्रवेश गरेर बुढालाई नै सघाउने प्रतिबद्धता जनाएकी थिइन् ।

उनले पनि उम्मेदवारी फिर्ता नलिएकाले उम्मेदवारी कायमै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पाबाट कांग्रेसबाट बुढा, नेपाली कम्युनिस्ट पार्टीबाट धनबहादुर बुढा, एमालेबाट लंकबहादुर रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवसिंह ऐडी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हरिप्रसाद डाँगी र स्वतन्त्र उम्मेदवार ओमेन्द्र केसी चुनावी मैदानमा छन् ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully