शिविरमा आँखाका ५ सय ३५ र नाक, कान र घाँटी सम्बन्धी समस्या भएका २ सय १ जनाले सेवा लिएका कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले बताए।
सल्यान — कपुरकोटमा गाउँपालिकामा संचालित निशुल्क स्वास्थ्य शिविरबाट ७ सय ३६ जना लाभान्वित भएका छन्।
कपुरकोट गाउँपालिकाको आयोजना र राप्ती आखा अस्पताल तुल्सीपुर, ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा दुई दिनसम्म संचालित शिविरबाट ७ सय ३६ लाभान्वित भएका हुन्।
पालिकाबासीलाई घरनजिकै विभिन्न किसिमका स्वास्थ्य सेवा उपलब्ध गराउन संचालन गरिएको शिविरमा आँखा, नाक, कान र घाँटी सम्बन्धी समस्या भएकाहरुको उपचार गरिएको थियो।
शिविरमा आँखा सम्बन्धी ५ सय ३५ र नाक, कान र घाँटी सम्बन्धी समस्या भएका २ सय १ जनाले सेवा लिएका कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले बताए। उनका अनुसार दुई दिने शिविरमा ४ सय ९१ महिला र अन्य पुरुषले सेवा लिएका थिए। आँखा, नाक, कान सम्बन्धी समस्या भएका ५१ जनाको शल्यक्रिया गरिएको उनले जानकारी दिए।
पालिकाका दुर्गम बस्तीका स्थानीय आँखा, नाक, कान र घाँटीको समस्यामा भएमा विशेषज्ञ सेवाको लागि दाङको तुल्सीपुर र नेपालगन्ज जानुपर्ने बाध्यता अन्त्य गर्न निशुल्क शिविर संचालन गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए ।
