प्रगतिशील लोकतान्त्तिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बनेका शारदा नगरपालिका ३ निवासी सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिंगे कामीले उम्मेदवारी फिर्ता लिएका हुन्।
सल्यान — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका दुई जनाले उमेदवारी फिर्ता लिएका छन्।
प्रगतिशील लोकतान्त्तिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बनेका शारदा नगरपालिका ३ निवासी सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिंगे कामीले शुक्रबार मुख्य निर्वाचनको कार्यालय गएर आफ्नो उमेदवारी फिर्ता लिएका हुन्।
उम्मेदवारी फिर्ता लिएका कामीले कसलाई सहयोग गर्ने भन्ने खुलाएका छैनन् भने प्रलोकाका राईले एमालेका उम्मेदवार गुलाबजंग शाहलाई सघाउने बताएका छन्। प्रलोपाबाट उम्मेदवारी दिएका राईले विज्ञप्ती सार्वजनिक गर्दै पुरानै पार्टी एमालेमा फर्किएको समेत जानकारी गराएका छन् ।
