एउटा मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसहित ११ जना उम्मेदवार कायम भएका छन्।
रुकुम पूर्व — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वबाट स्वतन्त्र उम्मेदवारी दिएका अमरसिं पुनले उम्मेदवारी फिर्ता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पूर्वले उनको नाम हटाएर बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसहित११ जना उम्मेदवार कायम भएका छन्।
सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार नेकपाबाट दाहालसँगै कांग्रेसबाट कुसुमदेवी थापा मगर, एमालेबाट लीलामणि गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन, मंगोल नेशनल अर्गनाइजेसनबाट ज्योति रोका मगर, नेसलन रिपब्लिक नेपालबाट धर्मकुमार बुढा, जनता समाजवादी पार्टीबाट शीरबहादुर बुढा, राप्रपाबाट रोशण शाह र नेकपा माओवादीबाट जुद्धबहादुर बुढा मगर चुनावी प्रतिस्पर्धामा जाने पक्का भएको छ ।
