कालीकोटमा ४ जनाको उम्मेदवारी फिर्ता

अब जिल्लामा दुई स्वतन्त्रसहित १० उम्मेदवार कायम भएका छन्।

माघ ९, २०८२

तुलाराम पाण्डे

4 candidates withdraw their candidacies in Kalikot

कालीकोट — कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दुईसहित चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहाला अनुसार स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस युवा नेता भूपेन्द्रजंग शाही, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज जीवन बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार धर्मराज न्यौपाने र देशभक्त समाजका उम्मेदवार प्रेमसिंह तिरुवाले उम्मेदवारी फिर्ता लिएका हुन्। 

अब जिल्लामा दुई स्वतन्त्रसहित १० उम्मेदवार कायम भएका छन्। कांग्रेसका हर्षबहादुर बम, एमालेका नगिन्द्र शाही, नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही, नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने, नेमकिपाका नन्दबहादुर शाही, राप्रपाका सूर्यबहादुर शाही, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरी, स्वतन्त्र उम्मेदवार नरहरिनाथका अस्मिन विष्ट र रास्कोटका मानबहादुर तिरुवा चुनावी प्रतिष्पर्धामा छन्। 

पार्टीबाट टिकट नपाएपछि कांग्रेस नेता भूपेन्द्रजंग र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जीवन बुढाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully