सुर्खेतमा निर्वाचन प्रहरीको लिखित परीक्षामा कोटाभन्दा दाेब्बर

निर्वाचन प्रहरीमा भर्ना हुन दरखास्त दिएकामध्ये छनोट भएका ३ हजार २ सय ५९ जना लिखित परीक्षामा सहभागी बनेका हुन्।

माघ ८, २०८२

ज्योति कटुवाल

Double the quota in the written exam of the Election Police in Surkhet

सुर्खेत — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना हुने आवेदकले बिहीबार लिखित परीक्षा दिएका छन् ।

निर्वाचन प्रहरीमा भर्ना हुन दरखास्त दिएकामध्ये छनोट भएका ३ हजार २ सय ५९ जना लिखित परीक्षामा सहभागी बनेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिर राज शाहीले प्रारम्भिक स्वास्थ्य परीक्षणलगायत तोकिएको मापदण्डमा सफल भएपछि लिखित परीक्षामा सहभागी भएको बताए। 

Double the quota in the written exam of the Election Police in Surkhet

निर्वाचन प्रहरीका लागि भने सुर्खेतमा कोटा भन्दा दोब्बर भन्दा बढी आवेदन परेको थियो। जिल्लामा १ हजार ८ सय ६० निर्वाचन प्रहरी आवश्यक रहेकोमा ४ हजार २ सय ७३ जनाले मात्र आवेदन दिएका थिए। तीमध्ये ३ हजार २ सय ५९ जना लिखित परीक्षामा सहभागी बनेका छन्।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully