डोल्पामा एक महिलासहित ९ जनाको उम्मेदवारी, दलित शून्य

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका आठ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवारमा दलित उम्मेदवार शून्य भएको हो ।

माघ ७, २०८२

रामचन्द्र न्यौपाने

Nine candidates, including one woman, fielded in Dolpa, zero Dalits

डोल्पा — हिमाली जिल्ला डोल्पामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलित उम्मेदवार शून्य भएको छ ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका आठ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवारमा दलित उम्मेदवार शून्य भएको हो ।

कुल नौ जनाको उम्मेदवारी परेकोमा दलित उम्मेदवार शून्य र महिला उम्मेदवारी एक जनाको परेको मुख्य निर्वाचन अधिकृत दामोदर पौडेलले जानकारी दिए । उनका अनुसार उम्मेदवारी दिनेमा आठ जना पुरुष रहनुका साथै महिला उम्मेदवारको रुपमा मितेरी नेपाल पार्टीबाट जुनु भण्डारीको मनोनयन दर्ता भएको छ ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोल्पामा नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर बुढा, नेकपा एमालेबाट लंकबहादुर रोकाय, नेपाली काग्रेसबाट कर्णबहादुर बुढा, उज्यालो नेपाल पार्टीबाट दिलबहादुर विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा, रास्वपाबाट देवसिंह ऐडी, राप्रपाबाट हरिप्रसाद डाँगी र स्वतन्त्रबाट ओमेन्द्रबहादुर केसीले उम्मेदवारी दर्ता गराएका हुन् ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully