सडक खन्दा खसेको ढुंगाले च्यापिएर मजदुरको मृत्यु

बन्गाड कुपिण्डे नगरपालिका १० मा शिव आधारभूत विद्यालयलदेखि खानीगाउँसम्म सडक निर्माण गर्ने क्रममा खसेको ढुंगाले च्यापिएर ६० वर्षीय टेकबहादुर पुनको मृत्यु झएको हो।

माघ ४, २०८२

विप्लव महर्जन

Worker dies after being crushed by falling rocks while digging a road

सल्यान — सल्यानमा सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

बन्गाड कुपिण्डे नगरपालिका १० मा शिव आधारभूत विद्यालयलदेखि खानीगाउँसम्म सडक निर्माण गर्ने क्रममा खसेको ढुंगाले च्यापिएर ६० वर्षीय टेकबहादुर पुनको मृत्यु झएको हो।

सडक खन्ने क्रममा शुक्रबार ढुंगाले च्यापिएर पुन गम्भीर घाइते भएका थिए । उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बन्गाड कुपिण्डे नगरपालिका १० का वडाध्यक्ष मोतीलाल घर्तीले बताए ।

उनका अनुसार सडक किनारमा पर्खाल लगाउन तलबाट खनिरहेका बेला छेउबाट खसेको ढुंगाले पुन च्यापिएर गम्भीर घाइते भएका थिए। पुनको शव छिन्चु अस्पतालमा पोष्टमार्टम गरी दाहसंकार गर्न थालिएको अध्यक्ष घर्तीले जानकारी दिए। मजदुरको मृत्यु भएपछि सडक निर्माण कार्य रोकिएको उनले बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully