गत मंसिर १७ गते तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि झण्डै डेढ महिनादेखि संसदीय दलको नेतृत्व रिक्त थियो।
सुर्खेत — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा मंगलबहादुर शाही चयन भएका छन्।
शनिबार बसेको संसदीय दलको बैठकले मुगु १ (२) बाट निर्वाचित शाहीलाई दलको नेता चयन गरिएको हो।
गत मंसिर १७ गते तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि झण्डै डेढ महिनादेखि संसदीय दलको नेतृत्व रिक्त थियो।
शनिबार भएको संसदीय दलको बैठकमा ध्वनि मतका आधारमा बहुमत सदस्यले समर्थन गरेपछि शाही प्रदेशसभा संसदीय दलको नेतामा चयन भएका हुन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १४ सांसद छन्। पूर्वमाओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेसँगै उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। यसअघि उनी मुख्यमन्त्रीसमेत बनेका थिए । नेकपाले शर्मालाई कारवाही भने गरेको छैन ।
