जुम्ला नेकपाबाट नरेश भण्डारी उठ्ने

नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले पार्टीका जुम्ला जिल्ला इन्चार्ज समेत रहेका भण्डारीलाई शनिबार प्रतिनिधिसभा सदस्यको टिकट दिएका हुन्।

माघ ३, २०८२

डीबी बुढा

Naresh Bhandari to stand for election from Jumla NCP

जुम्ला — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जुम्लाका नरेश भण्डारीलाई उम्मेदवार तोकिएका छन्।

शनिबार नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले पार्टीका जुम्ला जिल्ला इन्चार्ज समेत रहेका भण्डारीलाई टिकट दिएका हुन्। 

भण्डारीले सामाजिक सञ्जालमा आफुलाई पार्टीले उम्मेदवार चयन गरेको जनाएका छन्। सुरुमा सुर्खेत र काठमाडौंमा उपलब्ध प्रदेश र केन्द्रीय समिति सदस्यहरुको बैठकले पाँच जनाको नाम सिफारिस गरेको थियो । तर नेकपा केन्द्रीय सर्कुलर अनुसार बनेको कार्यदलले भण्डारीलाई जुम्लाबाट एकल सिफारिस गरेको थियो । ‘आगामी निर्वाचनका लागि पार्टीले मलाई उम्मेदवारका रुपमा चयन गरेको छ,’ भण्डारीले भने । 

भण्डारी २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०७४ मा जुम्ला १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनी कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए।   

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully