महिनादिनमा विभिन्न मुद्दाका १३ फरार प्रतिवादी पक्राउ

विभिन्न स्थानमा लुकेर बसिरहेको अवस्थामा एक महिनाको अवधिमा १३ जना फरार प्रतिवादी पक्राउ गरेको हो।

माघ ३, २०८२

विप्लव महर्जन

13 absconding defendants in various cases arrested in a month

सल्यान — विभिन्न मुद्दा फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाबाट खटिएका सुरक्षाकर्मीको टोलीले शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, दार्मा, छत्रेश्वरी, कालीमाटी गाउँपालिकाको विभिन्न स्थानमा लुकेर बसिरहेको अवस्थामा एक महिनाको अवधिमा १३ जना फरार प्रतिवादी पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार पक्राउ पर्नेमा शारदा नगरपालिका–१० का ३२ वर्षका मेघराज कुँवर, दार्मा गाउँपालिका १ का ३८ वर्षका चक्रबहादुर खड्का, ३९ वर्षकी विमला खड्का, ३० वर्षका महेश खड्का, कालीमाटीका ३६ वर्षका ओमबहादुर बुढा, छत्रेश्वरी गाउँपालिका–६ का ३९ वर्षका टीकाराम भण्डारी, दार्मा गाउँपालिका–४ की अन्जना शाह, बन्गाड कुपिण्डे नगरपालिका–२ का धने नकाल, शारदा नगरपालिका–१३ की कमला ओलीलगायत अन्य रहेका छन्।

सवारी ज्यान, बैकिङ कसुर, बहुविवाह, नक्कली प्रमाणपत्र, हाडनाता करणीलगायतका मुद्दामा जिल्ला अदालत सल्यानले कैद तथा जरिवाना सजाय फैसला गरेपछि पक्राउमा परेकाहरु एक वर्षदेखि ११ वर्षसम्म फरार रहेका सूचना अधिकारी प्र्णूबहादुर केसीले बताए। उनका अनुसार पक्राउ परेका सबैलाई कारागार चलान गरिएको छ। केही सजाय भोगेर र जरिवाना तिरेर घर फर्किसकेका छन् भने केहीले सजाय भोगिरहेको उनले बताए।  

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully