सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद

त्रिवेणी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनमा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो।

माघ २, २०८२

विप्लव महर्जन

6 loaded guns recovered from community forest

सल्यान — सामुदायिक वनमा लुकाई राखेको ६ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

त्रिवेणी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनमा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो।

बरामद गरेको बन्दुक मध्ये एक थानमा बारुद समेत भरिएको थियो । स्थानीयले सिकार खेल्न प्रयोग गर्दै ‍भरुवा बन्दुक घरमा राखे थाहा पाउने डरले जंगलमा लुकाएको हुन सक्ने जिल्ला प्रहरी सल्यानका डीएसपी हेमबहादुर केसीले बताए। उनका अनुसार एक महिनायता ३१ थान भरुवा बन्दुक बरामद गरिएको छ। 

निर्वाचनको बेला प्रयोग हुन सक्ने भन्दै सरकारले अवैध हतियार खोजी गर्न निर्देशन दिएपछि ग्रामीण क्षेत्रमा लुकाई राखेका हतियार खोजी भइरहेको उनले बताए।  

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully