कालीकोटमा भीरबाट लडेर महिलाको मृत्यु

शव भीरबाट झिकेर आफन्तले साँझ ७ बजे घर लगेका छन् । रास्कोट-७ माइती घर भएकी अप्सराका पति धीरबहादुर कठायत स्थानीय नन्दादेवी माविका लेखापाल हुन् ।

माघ १, २०८२

तुलाराम पाण्डे

Woman dies after falling from cliff in Kalikot

कालीकोट — आमाजु दिदीलाई माघीतिहारको कोसेली पुर्‍याएर घर फर्किने क्रममा भीरबाट लडेर नरहरिनाथ-१ कोटबाडाकी एक महिलाको मृत्यु भएको छ । 

बिहीबार दिउसोँ माघीको नासो सेलरोटी र तरुल बोकेर आमाजु दिदी साबिता कठायत अधिकारीकहाँ गएर घर फर्किने क्रममा रकु अधेरी खोला भीरबाट लडेर २४ वर्षीया अप्सरा कठायतको मृत्यु भएको स्थानीय नन्दादेवी क्याम्पसका लेखापाल गणेश विष्ट जानकारी दिए । उनकाअनुसार लुसा गाउँमा माघीको नासो पुर्‍याएर घर फर्किने क्रममा बिहीबार दिउँसो ३ बजेतिर चिप्लिएर लडेकी अप्सराको घटनास्थलमै मृत्यु भएको हो । 

शव भीरबाट झिकेर आफन्तले साँझ ७ बजे घर लगेका छन् । रास्कोट-७ माइती घर भएकी अप्सराका पति धीरबहादुर कठायत स्थानीय नन्दादेवी माविका लेखापाल हुन् । मृतकका दुई नाबालक छोराछोरी छन् ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully