डोल्पाको प्रजिअमा जुनु ढकाल

मन्त्रालयले हालका प्रजिअ कोइरालालाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेको छ ।

पुस २८, २०८२

रामचन्द्र न्यौपाने

Dolpa District Chief Junu Dhakal

डोल्पा — हिमाली जिल्ला डोल्पाले महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । 'जिल्लाको इतिहासमै पहिलोपटक महिला प्रजिअ पाएको हो,' निवर्तमान प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाले बताए ।

सोमबार मात्रै एक सूचना जारी गर्दै गृह मन्त्रालयले जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पदस्थापना गरेको हो । प्रजिअ ढकाल यसअघि गृह मन्त्रालयमै कार्यरत थिइन् ।

मन्त्रालयले हालका प्रजिअ कोइरालालाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully