घाइतेलाई उपचारका लागि नगर अस्पताल पठाइएको छ ।
वीरेन्द्रनगर — जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर छेडागाड नगरपालिका-८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा छेडागाड-९ पजारुबाट थलहका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ च १३२७ नम्बरको जिप दुर्घटनामा परेको हो ।
ब्रेक फेल भई सडकबाट जिप १ सय ५० मिटर तल खस्दा २ जनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । मृत्यु हुनेमा छेडागाड-९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारी छन् ।
दुर्घटनामा ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधिरकुमार खड्काले बताए । उनका अनुसार घाइतेको अवस्था मध्यम छ । घाइतेलाई उपचारका लागि नगर अस्पताल पठाइएको छ ।
