मुसिकोटमा नेकपाको मोटरसाइकल र्‍याली

आउँदो शनिबार मुसिकोट नगरपालिका–१ खलंगास्थित बराहटाकुरा मैदानमा आयोजना गर्ने ‘एकता सन्देश सभा’को प्रचार–प्रसारका लागि बिहीबार र्‍यालीको आयोजना गरिएको हो।

पुस २४, २०८२

महेश केसी

NCP motorcycle rally in Musikot

रुकुम पश्चिम — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा मोटरसाइकल र्‍याली निकालेको छ।

आउँदो शनिबार मुसिकोट नगरपालिका–१ खलंगास्थित बराहटाकुरा मैदानमा आयोजना गर्ने ‘एकता सन्देश सभा’को प्रचार–प्रसारका लागि बिहीबार र्‍यालीको आयोजना गरिएको हो।

मुसिकोट–३ माछिमीदेखि मध्यपहाडी लोकमार्ग हुँदै सेरिगाउँबाट मुसिकोट–१ को खलंगा बजार भएर सल्लेसम्म र्‍याली गरिएको हो । आउँदो शनिबार आयोजना गर्ने तयारी गरिएको कार्यक्रमको प्रचारप्रसारका लागि र्‍यालीको आयोजना गरेको नेकपा रुकुम पश्चिम संयोजक गोविन्द रोकाले बताए। 

संयोजक रोकाले शनिबारको ‘एकता सभा’लाई पार्टीका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए। 

साविक माओवादीले बिभिन्न दलसँग एकता गरेर नेकपा बनाएपछि यस क्षेत्रका पूर्वसांसद जनार्दन शर्मा छुट्टै पार्टी बनाएको अवस्थामा यसको सबैभन्दा ठूलो असर रुकुम पश्चिममा पर्ने देखिएको छ। साविक माओवादीका नेता–कार्यकर्ता दुईतिर बाँडिएपछि दुबै पक्ष बिभिन्न माध्यमबाट शक्ति प्रर्दशन गर्ने र आसन्न निर्वाचनको परिणाम पक्षमा पार्ने गरी लागेका छन् ।  

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully