साविक एकीकृत समाजवादीका अध्यक्ष राजबहादुर खत्रीको अध्यक्षतामा बसेको कार्यदलको बैठकले भण्डारीको नाम एकल सिफारिस गरेको हो।
जुम्ला — नेपाली कम्युनिष्ट पार्टी जुम्लाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नरेश भण्डारीको नाम एकल सिफारिस गरेको छ।
साविकको एकीकृत समाजवादीका अध्यक्ष राजबहादुर खत्रीको अध्यक्षतामा बसेको कार्यदलको बैठकले भण्डारीको नाम एकल सिफारिस गरेको हो। सिफारिस पत्रमा साबिक एकीकृत समाजवादीका अध्यक्ष खत्री र साबिक माओवादी केन्द्रका संयोजक नवराज न्यौपानेले हस्ताक्षर गरेका छन्।
नेकपा केन्द्रीय समितिद्वारा जारी विशेष सर्कुलर अनुसार गठन भएको कार्यदलले सर्वसम्मत भण्डारीको नाम सिफारिस गरिएको उल्लेख छ। एकल सिफारिस भएका भण्डारी २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएका थिए। उनी २०७४ मा कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएर आन्तरिक मामिला तथा कानुनमन्त्री समेत बनेका थिए ।
