राष्ट्रिय सभामा उम्मेदवारी दर्तालगत्तै एमाले र कांग्रेसको संयुक्त बैठक

बैठकमा एमालेका तर्फबाट गुलाबजंग शाह, टेकराज पछाई, ध्रुवकुमार शाही र रवीन्द्रराज शर्मा एवं कांग्रेसका तर्फबाट ललितजंग शाही र कृष्णबहादुर रोकाय र निरञ्जन केसी सहभागी थिए ।

पुस २३, २०८२

ज्योति कटुवाल

UML and Congress hold joint meeting after filing candidacies for National Assembly

सुर्खेत — आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट अन्यतर्फका उम्मेदवार ललितजंग शाही र महिलातर्फ नेकपा एमालेकी उम्मेदवार मीनासिंह रखाललाई मत दिई विजय गराउन एमाले र कांग्रेसका कर्णाली प्रदेशका नेताहरूको बैठक सम्पन्न भएको छ । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दर्तालगत्तै बुधबार उनीहरूको बैठक बसेको हो ।

बैठकले प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुखका साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसँग स‌ंयुक्त रूपमा मत माग्ने निर्णय गरेको छ।

बैठकमा एमालेका तर्फबाट प्रदेश अध्यक्ष गुलाबजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रवीन्द्रराज शर्मा सहभागी थिए । यसैगरी कांग्रेसका तर्फबाट सभापति ललितजंग शाही र महामन्त्रीद्वय कृष्णबहादुर रोकाय र निरञ्जन केसी सहभागी थिए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully