कांग्रेस प्रदेश सभापति ललितजंग शाही २०७९ को प्रदेशसभा निर्वाचनमा जुम्ला १(१) बाट पराजित भएका व्यक्ति हुन्
, सुर्खेत — कर्णालीबाट कांग्रसेले प्रदेश सभापति ललितजंग शाहीलाई राष्ट्रिय सभा उम्मेदवार बनाएको छ । कर्णाली प्रदेशमा दुई सदस्य पदका लागि राष्ट्रिय सभा निर्वाचन हुँदै छ ।
कर्णालीबाट कांग्रसेले प्रदेश सभापति ललितजंग शाहीलाई राष्ट्रिय सभा उम्मेदवार बनाएको छ । कर्णाली प्रदेशमा दुई सदस्य पदका लागि राष्ट्रिय सभा निर्वाचन हुँदै छ ।
केन्द्रीय समीकरणअनुसार नै कर्णालीमा पनि कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । नेकपाले भने डोल्पाकी अञ्जु महतारा शाही र रुकुम पश्चिमका बुद्धिप्रसाद शर्मालाई उम्मेदवार बनाएको छ ।
शाही २०७९ को प्रदेशसभा निर्वाचनमा जुम्ला १(१)बाट पराजित भएका व्यक्ति हुन् । उनलाई स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही हराएका थिए । कांग्रेस प्रदेश सभापति शाहीलाई माओवादी र एकीकृत समाजवादीको साथ भए पनि पराजित भएका थिए ।
