विश्वकर्मा कालीकोटबाट एकल सिफारिस

कालीकोट जिल्ला समितिको मंगलबार नरहरिनाथ-८ खुलालुमा बसेको विशेष बैठकले पार्टी प्रवक्ता विश्वकर्मालाई एकल उम्मेदवार सिफारिस गरेको हो ।

पुस २२, २०८२

तुलाराम पाण्डे

Single recommendation from Vishwakarma Kalikot

कालीकोट — नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस भएका छन् ।

कालीकोट जिल्ला समितिको मंगलबार नरहरिनाथ-८ खुलालुमा बसेको विशेष बैठकले पार्टी प्रवक्ता विश्वकर्मालाई एकल उम्मेदवार सिफारिस गरेको हो । प्रवक्ता प्रकाण्ड श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने राष्ट्रिय नेता, सहिद परिवार र कर्णालीमा माओवादी आन्दोलन विस्तार गर्ने प्रमुख नेता भएकाले प्रत्यक्षतर्फको एकल उम्मेदवारमा सिफारिस गरिएको जिल्ला इन्चार्ज विवेक कुमालले बताए ।

उनले २०६४ को पहिलो संविधानसभा चुनावमा २७ हजार मत ल्याएर जितेका थिए । 

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully