जिल्ला प्रहरी प्रमुख डिएसपी वसन्त शर्माका अनुसार भद्रबहादुरले २०७९ मांसिर १० गते ३४ वर्षीय श्रीमती पानसरा सुनारलाई बन्चरो प्रहार गरी फरार रहेका थिए ।
रुकुम पश्चिम — आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका जाजरकोटका एकजना व्यक्तिलाई त्यहाँको प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।
जिल्लाको छेडागाड नगरपालिका–१३ पिपलतडाका भद्रबहादुर सुनारलाई गत आईतबार पक्राउ गरी सोमबार अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी वसन्त शर्माका अनुसार भद्रबहादुरले २०७९ मांसिर १० गते ३४ वर्षीय श्रीमती पानसरा सुनारलाई बन्चरो प्रहार गरी फरार रहेका थिए ।
‘त्यसपछि प्रविधिको प्रयोगसँगै सादा पोषाकमा खटिएको प्रहरीले उनलाई आफ्नै गाउँघरमा लुकिछिपी बसेको भन्ने विशेष सूचनाका आधारमा खोजतलास गर्दै जाँदा छेडागाढ–१३ पिपलतडाबाटै प्रक्राउ गर्न सफल भएका छौं,’ उनले भने ।
अभियुक्त भद्रबहादुरलाई सोमबार जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य गरिरहेको डिएसपी शर्माको भनाइ छ ।