प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, एथलेटिक्स, मार्सलआर्टलगायतका दर्जन बढी खेल समावेश गरिएको छ।
सल्यान — छत्रेश्वरी गाउँपालिकामा सोमबारदेखि सुरु भएको अध्यक्ष कप रनिङशिल्ड प्रतियोगितामा ९ विद्यालयका ८ सय ३० जना विद्यार्थी सहभागी भएका छन्।
शारदा माध्यामिक विद्यालय शंखमुलको खेल मैदानमा सुरु भएको रनिङशिल्ड प्रतियोगिता चार दिनसम्म चल्ने छ।
यो प्रतियोगिताबाट आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिाताका लागि विद्यार्थी छनौट गरिने छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए। प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, एथलेटिक्स, मार्सलआर्टलगायतका दर्जन बढी खेल समावेश गरिएको उनले जानकारी दिए।
उनका अनुसार छनौटका लागि भलिबल, एथेलेटिक्स, मार्सलआर्ट र कबड्डीमा ७ सय १६ र पुरुष भलिबल, महिला कुर्सी दौड, एकल लोकगितमा १ सय जना बढीले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले गरेका थिए ।
