पालिकाले बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो पोसाक वितरण गरेको हो ।
सल्यान — सल्यानको त्रिवेणी गाउँपालिका १ ले आधारभूत विद्यालयका २ सय ८३ जना बालबालिकालाई पोसाक वितरण गरेको छ।
सल्यानको त्रिवेणी गाउँपालिका वडा १ मा रहेका निराजन आधारभूत, सिद्धगुफा, सरस्वती, सिद्धदेवी, जनसहयोग, बालकल्याण आधारभूत विद्यालयका २ सय ८३ विद्यार्थीलाई पोसाक वितरण गरेको छ। पालिकाले बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई पोसाक वितरण गरेको हो ।
चिसोका कारण आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका समस्यामा परेपछि न्यानो पोसाक ट्रयाकसुट वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताए।
वडाको वार्षिक कार्यक्रम अनुसार विद्यालयका बालबालिकालाई पोसाक वितरण गरिएको हो । पालिकाका अन्य वडाका विद्यालयमा पनि न्यानो पोसाक वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
