विद्युत लाइन सर्ट भएर सोमबार राति पसलमा आगलागी भएको हो ।
सल्यान — सिद्धकुमाख गाउँपालिका–३ ढोडचौरका ४५ वर्षीय का नन्दलाल रोकाको खाजा पसलमा आगलागी हुँदा दुई लाख बढीको क्षति भएको छ ।
बिजुलीको तार सर्ट भएर सोमबार राति पसलमा आगलागी भएको हो ।
आगलागीबाट खाजा पसलमा भएका टेबल, फ्रिज, भाडाकुडा, बिक्रीका लागि राखेका सामग्रीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रेम केसीले बताए ।
रातिको समयमा ढोडचौर प्रहरी चौकीबाट खटिएका प्रहरीले आगो नियन्त्रणमा लिएपछि थप अन्य क्षति हुन नपाएको उनले जानकारी दिए । आगलागीबाट दुई लाख रुपैयाँ बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।
