सासालाई आइएसओ २१००१ प्रदान

शुक्रबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणाली मानक (इएमओएस) का प्रतिनिधिहरुले सुर्खेत पुगेर २१००१ को प्रमाणपत्र विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

पुस १२, २०८२

ज्योति कटुवाल

ISO 21001 awarded to SASA

सुर्खेत — साउथ एसियन स्कालर्स एकेडेमी सुर्खेतले आइएसओ २१००१ प्राप्त गरेको छ । ग्रीनबीच विश्वविद्यालय लण्डनद्वारा यो उपाधि पाउने पश्चिम नेपालकै साउथ एसियन स्कालर्स एकेडेमी पहिलो विद्यालय हो ।

शुक्रबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणाली मानक (इएमओएस) का प्रतिनिधिहरुले सुर्खेत पुगेर २१००१ को प्रमाणपत्र विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालयका प्रिन्सिपल छत्र बढुवालले इएमओएसका सम्पूर्ण मापदण्ड पूरा गरिएपछि आइएसओ प्रमाणपत्र प्राप्त भएको बताए । उनले भने, ‘गुणस्तरीय शिक्षा, उत्कृष्ट व्यवस्थापन र नतिजाका कारण हामीले यो उपाधि प्राप्त गरेका हौं ।’ 

शैक्षिक सेवाहरूको गुणस्तरमा वृद्धि, विद्यार्थी, शिक्षक र व्यवस्थापकबीचको सम्वन्ध सुधार, विद्यालयको विश्वसनीयतामा वृद्धि, समावेशी र समान शिक्षा र नवीनता र दीर्घकालीन सफलतालाई प्रोत्साहन गर्न आइएसओले आफूहरुलाई प्रेरणा मिलेको उनले बताए ।

कक्षा १२ सम्म पढाई हुने विद्यालयमा २७ सय विद्यार्थीका साथै १८६ जना शिक्षक–कर्मचारीहरु छन् । विद्यालयले आइएसको प्राप्त गर्नु कर्णाली प्रदेश र नेपाललाई शैक्षिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सफल भएको मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले बताए ।

विद्यालयका अध्यक्ष गणेश अधिकारीले आइएसको गरिमालाई बचाउँदै अझै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा यसलाई अघि बढाउने बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully