प्रतिनिधिसभा निर्वाचन : नेकपा सल्यानबाट प्रत्यक्षमा ५ जना सिफारिस

सदरमुकाम खलंगामा बसेको पार्टीकाे बैठकले प्रकाश ज्वाला, टेकबहादुर बस्नेत र रमेश मल्लको नाम सिफारिस गरेको हाे ।

पुस ११, २०८२

विप्लव महर्जन

House of Representatives election: 5 candidates recommended directly from NCP Salyan

सल्यान — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सल्यानले प्रत्यक्ष तर्फ तीन जना उम्मेदवारकाे नाम सिफारिस गरेकाे छ ।

सदरमुकाम खलंगामा बसेको पार्टीकाे बैठकले प्रकाश ज्वाला, टेकबहादुर बस्नेत र रमेश मल्लको नाम सिफारिस गरेको हाे । 

युवा नेता तथा साबिक एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रमेशकुमार गौतमले पार्टीको बैठकले प्रत्यक्ष तर्फ दलितमा धनबहादुर परियार, महिलामा सीता बिष्ट बस्नेतलाई सिफारिस गरेको बताए । 

उनले समानुपातिकमा खस आर्यबाट उमाकान्त शर्मा, दलितबाट पवित्रा बिक, जनजातीबाट प्रमोद कुमार श्रेष्ठ र महिलाबाट प्रेमा अधिकारीको नाम सिफारिस गरेको जानकारी दिए । राष्ट्रिय सभा तर्फ रत्नबहादुर वलीको नाम सिफारिस गरेको उनले बताए ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully