डोल्पामा भ्यान दुर्घटना हुँदा चार जना घाइते

जगदुल्ला गाउँपालिका-६ झ्याकोटबाट बलासातर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०२० नम्बरको पिकअप भ्यान ब्रेक फेल भएर दुर्घटना भएको हाे ।

पुस ८, २०८२

रामचन्द्र न्यौपाने

Four injured in van accident in Dolpa

डाेेल्पा — डोल्पाको जगदुल्ला गाउँपालिकामा भ्यान दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।

सोमबारसाँझ जगदुल्ला गाउँपालिका-६ झ्याकोटबाट बलासातर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०२० नम्बरको पिकअप भ्यान ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टाेपेन्द्र बुढामगरले जानकारी दिए ।


उनका अनुसार दुर्घटनामा परी घाइते हुनेमा जगदुल्ला–६ झ्याकोट निवासी ४० वर्षीय भक्तबहादुर बुढाथोकी, उनका ६ वर्षीय छोरा सुजन बुढाथोकी, सुर्खेतको गुर्भाकोट नगरपालिका–९ निवासी ३६ वर्षीय भीमबहादुर डिसी र चालक जुम्ला चन्दननाथ नगरपालिका–९ निवासी ३२ वर्षीय धर्मराज गिरी रहेका छन् ।


घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको र  अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully