सल्यानमा सवारी ज्यान र बलात्कार मुद्दाका फरार ३ प्रतिवादी पक्राउ

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सल्यान राखिएको र सिधै कैद भुक्तानका लागि कारागार चलान गरिने प्रहरीले जनाएको छ ।

पुस ७, २०८२

विप्लव महर्जन

3 fugitive defendants in vehicular homicide and rape cases arrested in Salyan

सल्यान — सल्यानमा सवारी ज्यान र बलात्कार मुद्दाका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दाका प्रतिवादी शारदा नगरपालिका-१० का ३२ वर्षीय का मेघराज कवर, बलात्कार मुद्दाका प्रतिवादी दार्मा गाउँपालिका-१ का ३८ वर्षीय चक्रबहादुर खड्का र सोही ठाउँका ३९ वर्षीया विमला खड्कालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर केसीका अनुसार कवरलाई श्रीनगर बजारबाट, खड्कालाई नेपालगन्जको बीपी चोक र विमला खड्कालाई बर्दिया बाँसगढी नगरपालिका-४ बछुवाबाट पक्राउ गरिएको हो ।

कवरलाई जिल्ला अदालत सल्यानले एकवर्ष अघि ३२ हजार जरिवानासहित तीन वर्ष कैद फैसला गरेको थियो । हाडनाता करणी मुद्दाका प्रतिवादी चक्रबहादुर खड्कालाई जिल्ला अदालत सल्यानले २०७० पुस १८ गते डेढ महिना कैद फैसला गरेको थियो भने सोही दिन विमला खडकालाई ६ महिना कैद सजायको फैसला भएको थियो । 

पक्राउमा परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याएर राखिएको र सिधै कैद भुक्तानका लागि कारागार चलान गरिने तयारी रहेको प्रहरी प्रमुख केसीको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully