चोरीको गाडीका सामग्री प्रयोग गरी विगतदेखि नै संचालनमा ल्याएको खुल्न आएपछि नियन्त्रणमा लिएको प्रहरी प्रमुख केसीले बताए ।
सल्यान — प्रहरीले सल्यानमा दुईवटा यात्रुवाहक जिप नियन्त्रणमा लिएको छ । चोरीको गाडीका इन्जिन लगायतका सामग्री प्रयोग गरी अवैध रूपमा चलाउँदै आएको को १ ज २७१९ र लु १ ज ११७१ नम्बरका जिप जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरबाट बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक हेमबहादुर केसीका अनुसार दुवै जीप आइतुराम ओलीका हुन् । घरमै लुकाइराखेको अवस्थामा जिप नियन्त्रणमा लिएको उनले जानकारी गराए ।
चोरीको गाडीका सामग्री प्रयोग गरी विगतदेखि नै संचालनमा ल्याएको खुल्न आएपछि नियन्त्रणमा लिएको प्रहरी प्रमुख केसीले बताए । यसभन्दा अघि पनि प्रहरीले चारवटा यात्रुवाहक जिप नियन्त्रणमा लिएर लिलामीका लागि पठाइसकेको उनले जानकारी गराए ।
उनका अनुसार नियन्त्रणमा लिएका जिपका कागजपत्र माग गरिएकामा गाडीधनीले अहिलेसम्म पेस गर्न सकेका छैनन् । नियन्त्रणमा लिएका जिप लिलामीका लागि पठाउने उनले बताए ।
