चिसोबाट बचाउन बालबालिकालाई न्यानो कपडा वितरण

चिसोका कारण पठनपाठन प्रभावित हुँदै आएपछि बालविकासदेखि कक्षा ३ सम्म अध्ययनरत ५० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।

मंसिर २६, २०८२

विप्लव महर्जन

Warm clothes distributed to children to protect them from the cold

सल्यान — सल्यानी समाज दक्षिण कोरियाले वार्षिक कार्यक्रम अन्तर्गत दार्मा गाउँपालिका–२ भुवनटाकुरीस्थित बालकल्याण माविमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

चिसोका कारण पठनपाठन समेत प्रभावित हुँदै आएपछि संस्थाले उक्त विद्यालयका बालविकासदेखि कक्षा ३ सम्म अध्ययनरत ५० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । 

प्रतिदिन बढ्दै गएको चिसोका कारणपठनपाठन प्रभावित भइरहेको बेला न्यानो कपडा वितरण उपलब्ध गराउँदा बालबालिकालाई धेरै राहत भएको प्रधानाध्यापक कविकुमार चन्दले बताए । न्यानो कपडा पाएपछि विद्यार्थीलाई कक्षाकोठामा बसेर पढ्न सहज भएको उनले बताए । 

सल्यानी समाज दक्षिण कोरियाका कोषाध्यक्ष मोहन रेउलले विपन्न परिवारका बालबालिकाको पढाई चिसोकै कारण प्रभावित नहोस् भनेर न्यानो कपडा वितरण गरिएको बताए । संस्थाले समस्यामा परेकालाई बेलाबेलामा विभिन्न किसिमको सहयोग गर्दै आएको उनले जानकारी दिए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully