सल्यानको दार्मा गाउँपालिका–५ त्रिबेणीमा लाग्ने मेला हेर्न वली कात्तिक १४ गते घरबाट निस्केका थिए ।
सल्यान — मेला हेर्न घरबाट निस्केपछि बेपत्ता भएका सल्यानको बाग्चौर नगरपालिका–४ पानीखानाका ३६ वर्षीय टेकबहादुर वलीको डेढ महिनापछि कंकाल भेटिएको छ ।
सल्यानको दार्मा गाउँपालिका–५ त्रिबेणीमा लाग्ने मेला हेर्न वली कात्तिक १४ गते घरबाट निस्केका थिए ।
सल्यान र रुकुमको सीमा क्षेत्र तथा रुकुमको त्रिबेणी गाउँपालिका–३ झन्डा हान्नेनजिकैको जंगलमा वलीको कंकाल भेटिएको बाग्चौर नगरपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले बताए ।
कपडा, गलबन्दी र पर्समा भएका कागजबाट डेढ महिनादेखि हराएका वलीको शव पुष्टि भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
वडाध्यक्ष बस्नेतका अनुसार उनको कंकाल अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुकुम पश्चिम लगिएको छ । ‘मेला हेर्न गएका बेलादेखि बेपत्ता भएका वलीको खोजी प्रहरीलगायत आफन्त मार्फत खोजी भइरहेको थियो । बाग्चौर–१२ बाफुखोलादेखि माथि जंगलमा एक व्यक्तिको शव भेटिएको स्थानीयले जानकारी गराएपछि खोज्दै जाँदा मृत्यु भएका वलीको कंकाल भेटिएको हो,’ उनले भने ।
