प्रहरी घटनास्थल पुगेर स्थानीयको सहयोगमा भीरबाट शव निकालेर आफन्तलाई बुझाएको सुनारले जानकारी दिए।
कालिकोट — कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च सिंहको मृत्यु भएको हो ।
आइतबार बिहान महाबै–६ गणेशकोटस्थित ससुराली घरबाट पत्नीसँग घर जाने क्रममा महाबै–४ मा पर्ने तल्लो राम्नीमा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको कालिकोटका निमित्त जिल्ला प्रहरी प्रमुख बीरवहादुर सुनारले बताए ।
‘ससुराली घरबाट श्रीमतीसँग घर जाने क्रममा चिप्लिएर भीरबाट खसेछन्,’ उनले भने, ‘३ सय मिटर तल खसेर मृत्यु भएको हो ।’ उनले प्रहरी घटनास्थल पुगेर स्थानीयको सहयोगमा भीरबाट शव निकालेर आफन्तलाई बुझाएको जानकारी दिए ।
मृतकको पोस्टमाटर्मको लागि महाबैमा चिकित्सक नहुँदा सदरमुकाम ल्याइएको थियो ।
