जेसीबी अस्थायी प्रहरी पोष्ट बालुवामा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसीले बताए ।
सल्यान — अवैध रूपमा बालुवा उत्खनन गर्दा प्रहरीले जेसीबी नियन्त्रणमा लिएको छ । सल्यानको कालीमाटी गाउँपालिका-५, जूमखोलाबाट प्रहरीले बिहीबार बेलुकी रा १ क ९३७ नं को जेसीबी नियन्त्रणमा लिएको हो ।
जेसीबी अस्थायी प्रहरी पोष्ट बालुवामा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसीले बताए । खोलाबाट जेसीबी प्रयोग गरेर बालुवा उत्खनन गर्न नपाइने भएकाले नै नियन्त्रणमा लिएको उनले जानकारी गराए ।
यो भन्दा अघि पनि प्रहरीले सल्यानका विभिन्न स्थानबाट दुई वटा जेसीबी नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।
