छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

बन्गाड कुपिण्डे नगरपालिकाबाट १४ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बाबुलाई घरबाटै पक्राउ गरेको हो ।

मंसिर १८, २०८२

विप्लव महर्जन

Father arrested for raping daughter

सल्यान — सल्यानमा १४ वर्षिया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३८ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ३८ वर्षीय बाबुलाई घरबाटै पक्राउ गरेको जनाएको छ। पक्राउमा परेका पुरुषलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले बताए ।

जिल्ला अदालत सल्यानबाट म्याद थप भएर घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

उनका अनुसार ३८ वर्षीय बाबुले १४ वर्षिया छोरीलाई गत असोज २६ गते बलात्कार गरेका थिए भने केही दिनपछि कोही नभएको मौका छोपी बलात्कारको प्रयास गर्दा आमाले देखेपछि घटनाको पोल खुलेको थियो ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully