कर्णालीका पूर्वमन्त्री यज्ञबहादुर बुढाको निधन

७१ वर्षीय पूर्वसामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सोमबार निधन भएको हो ।

मंसिर १५, २०८२

ज्योति कटुवाल

Former Karnali Minister Yagya Bahadur Budha passes away

सुर्खेत — कर्णाली प्रदेशका पूर्वसामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको निधन भएको छ ।

७१ वर्षीय बुढा उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सोमबार निधन भएको हो । उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। 

२०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सदस्य बनेका थिए। उनी कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री थिए।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully