कर्णाली करिडाेरकाे घाटचाैरमा पुरिएका कामदारकाे शव निकालियाे

सडक खन्न प्रयोग भइरहेकाे डाेजरका लागि डिजल बोकेर हिँड्दै गरेका बेला पचालझरना गाउँपालिका-७ का नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए  ।

मंसिर १२, २०८२

तुलाराम पाण्डे

Bodies of workers buried in Ghatchaur on Karnali Corridor recovered

कालीकाेट — कर्णाली करिडाेरकाे घाटचौर भीरमा बिहीबार बेलुकी सुक्खा पहिरोमा पुरिएका कामदारको शव शुक्रबार दिउँसो निकालिएको छ ।

सडक खन्न प्रयोग भइरहेकाे डाेजरका लागि डिजल बोकेर हिँड्दै गरेका बेला पचालझरना गाउँपालिका-७ का नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए  । 

डाेजरले चट्टान पन्छाएर शुक्रबार दिउँसो बोहोराको शव निकालेर आफन्तलाई दिइएको स्थानीय जनमप्रसाद न्यौपानेले बताए ।

पहिराेसँगै चट्टान खसेकाेले पुरिएका बाेहाेरालाई निकाल्न ढिलाइ भएकाे थियाे । बिहीबार बेलुकी नै निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताए ।

कर्णाली करिडाेर अन्तर्गत थिर्पू घाटचौरदेखि बाजुराकाे पिलुचौरसम्म कर्णाली नदी किनाराबाट नेपाली सेनाको विकास निर्माण कार्यदलले बिस्फोटनसहित ११ किलाेमिटर सडक निर्माण गरिरहेको छ । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully