नियन्त्रणमा लिएका चालक र दुई एक्स्काभेटरलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याएर राखिएको छ ।
सल्यान — अवैध रुपमा शारदा नदीबाट बालुवा उत्खनन गरिरहेका बेला सल्यानमा प्रहरीले दुई चालकसहित एक्स्काभेटर बिहीबार नियन्त्रणमा लिएको छ ।
शारदा नगरपालिका-१२ रेशमज्युला नजिकै शारदा नदीबाट २८ वर्षका सेतीलाल डाँगी र सिद्धकुमाख गाउँपालिका-१ मोख्लास्थित शारदा नदीबाट २३ वर्षीय ललित खड्कालाई उनीहरुले चलाएको एक्स्काभेटरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
कुनै पनि नदी तथा खोलाबाट सिधै डोजर तथा एक्स्काभेटरले गिटी, बालुवा उत्खनन गर्न नपाउने भए पनि मनपरी अवैध रुपमा उत्खनन गरेको पाइएको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर केसीले बताए ।
नियन्त्रणमा लिएका चालक र दुई एक्स्काभेटरलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याएर राखिएको छ ।
