दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

वीरेन्द्रनगर-१२ चाँदनीचोकस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते सापकोटाको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मंसिर १०, २०८२

तृप्ति शाही

Motorcyclist dies in accident

वीरेन्द्रनगर — सुर्खेतमा बुधबार साँझ सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-७ का २३ वर्षीय महेश सापकोटा छन् ।

वीरेन्द्रनगर-१२ चाँदनीचोकस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते सापकोटाको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पृतना रोडबाट नेवारेतर्फ आउँदै गरेको सैनिक आवासीय महाविद्यालय मंगलगढी सुर्खेतको बा.प्र.०१००४ क ५५७४ नम्बरको स्कुल बसले विपरीत दिशातर्फ जाँदै गरेको भे. ८ प. ४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

प्रहरीले सवारी साधन र बस चालक राजेन्द्रबहादुर शाहीलाई नियन्त्रणमा लिएको उनले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully