कर्णाली खेलकुद विकास परिषद् सदस्यसचिवका दरखास्त आह्वान

सदस्यसचिवको पद रिक्त भएको ११ महिनापछि खेलकुद विकास परिषद्को सदस्यसचिवका निम्ति दरखास्त आह्वान गरेको छ ।

मंसिर ९, २०८२

तृप्ति शाही

Karnali Sports Development Council invites applications for member secretary

वीरेन्द्रनगर — कर्णाली खेलकुद परिषद्को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

सदस्यसचिवको पद रिक्त भएको ११ महिनापछि खेलकुद विकास परिषद्को सदस्यसचिवका निम्ति दरखास्त आह्वान गरेको छ । सदस्यसचिवका लागि योग्यता पुगेका इच्छुक नेपालीले १५ दिनभित्र दरखास्त पेस गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ बमोजिम सूचना जारी गरिएको र सोही ऐनको प्रावधानअनुसार दरखास्त प्राप्त भएपछि प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

यसअघि प्रदेश सरकारले सदस्यसचिवका रूपमा १०औं तहका कर्मचारीलाई नियुक्त गरेको थियो । तर यो निर्णय अदालतले बदर गरेको थियो ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully